Logo

नेपाल एसबिआई बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांशसहितका प्रस्ताव पारित

नेपाल एसबिआई बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांशसहितका प्रस्ताव पारित



काठमाडौ । नेपाल एसबिआई बैंक लि. का शेयरधनीहरुको ३०औँ वार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न भएको छ । उक्त सभाले बैंकको आ.व. २०७९/८० को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व.२०७९/८० वार्षिक आर्थिक विवरण (असार मसान्त २०८० को वासलात, आ.व. २०७९/८० को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गर्यो ।

साधारण सभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि” को आ.व. २०७९/८० को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत ग¥यो । सभाले बैंकका शेयरधनीहरुलाई ३.७५% बोनश शेयर र ६.८०% नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित ) गरी चुक्ता पुँजीमा जम्मा १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त साधारण सभाले आ.व. २०८०/८१ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि.आर उपाध्या एण्ड कं., चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।

साथै, उक्त सभाले बैंकको प्रबन्धपत्रको विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL