Logo

कर्जा लगानी नबढ्दा अधिक तरलताको दबाबमा बैंकिङ क्षेत्र, राष्ट्र बैंकले डेढ महिनामा गर्यो १२ पटक निक्षेप प्रशोचन

कर्जा लगानी नबढ्दा अधिक तरलताको दबाबमा बैंकिङ क्षेत्र, राष्ट्र बैंकले डेढ महिनामा गर्यो १२ पटक निक्षेप प्रशोचन



काठमाडौं । पछिल्लो केही समययता बैंकिङ क्षेत्रमा देखिएको अधिक तरलताको कारण बैंकिङ क्षेत्र दबाबमा देखिएको छ । सर्वसाधारणबाट उच्च ब्याजमा निक्षेप संकलन गरेपनि कर्जा लगानी नहुँदा ब्याजको मारमा बैंकिङ क्षेत्र परेका् छ । बैंकिङ क्षेत्रमा अधिक तरलता हुँदा राष्ट्र बैंकले मंसिर महिनामा मात्र ६ पटक निक्षेप प्रशोचनकाा उपकरण प्रयोग गरेर बैंकिङ च्यानलबाट अर्बौं रुपैयाँ प्रशोचन गरेको छ । यसैगरी, राष्ट्र बैंकले पुसको १५ गतेसम्म आउँदा थप ६ पटकसम्म निक्षेप प्रशोचन उपकरणको प्रयोग गरिसकेको छ ।

यसैगरी, राष्ट्र बैंकले मंसिर महिनामा मात्र ३ पटकसम्म ट्रेजरी बिल जारी गरेर आन्तरिक ऋण उठाएको छ । राष्ट्र बैंकले मंसिरमा ४० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको छ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । राष्ट्र बैंकले समय अवधिको आधारमा २८ दिने, ९१ दिने, १ सय ८२ दिने र ३ सय ६४ दिने गरी ४ किसिमका बिलहरु निष्काशन गर्ने गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा तरलता उच्च हुँदा राष्ट्र बैंकले सस्तो ब्याजमा आन्तरिक ऋण उठाइरहेको छ ।

पछिल्लो केहि महिनायता बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी घट्दो छ । जसको कारण बैंकिङ च्यानलमा तरलता बढेको छ । बैंकहरुले कर्जा लगानीमार्फत तरलता व्यवस्थापन गर्न नसक्ने अवस्था हुँदा राष्ट्र बैंकले बैंकहरुबाट निक्षेप संकलन उपकरण प्रयोग गरी तरलता खिचेको हो । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणसम्बन्धी कार्यविधि, २०७७ को प्रयोग गर्दै बजारबाट निक्षेप खिचेको हो ।

राष्ट्र बैंकको यस कार्यविधिमा वित्तीय बजारमा असाधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा सोको व्यवस्थापन गरी बजार ब्याजदरलाई व्यवस्थित गर्न समितिले आवश्यकताअनुसार कुनै पनि दिन बढीमा ६ महिना सम्मको लागि आकस्मिक खुला बजार कारोबारअन्तर्गत निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था रहेको छ । राष्ट्र बैंकले निक्षेप संकलन गरेको कुल रकम समितिले निर्धारण गरेबमोजिम हुनेछ ।

नेपाल राष्ट्र बैंकले पुस १० गते सार्वजनिक गरेको तथ्यांकअनुसार हाल बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात .सीडी रेसियो) ८०.१० प्रतिशतमा झरेको छ । यसैगरी, अन्तर बैंक ब्याजदर २.८५ प्रतिशतमा झरेको छ । पुसको १० गतेसम्म बैंक तथा वित्तीय संस्थाले ५० अर्ब १२ खर्ब रुपैयाँ कर्जा लगानी गरेर ६० खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL