Logo

ग्लोबल आइएमईले दियो स्कुललाई १२ थान कम्प्युटर, आधुनिक शिक्षामा पहुँच

ग्लोबल आइएमईले दियो स्कुललाई १२ थान कम्प्युटर, आधुनिक शिक्षामा पहुँच


बिजखबर संवाददाता
0
Shares

काडमाडौं । ग्लोबल आइएमई बैंकले सरकारी विद्यालयलाई १२ थान कम्प्युटर प्रदान गरेको छ । बैंकले कालिकोट स्थित सामाजिक युवा कार्य नेपालसँगको सहकार्यमा सोही जिल्लाका विभिन्न सरकारी विद्यालयलाई १२ थान कम्प्युटर वितरण गरेको हो ।

आफ्नो सामाजिक उत्तरदायीत्व अन्र्तगत बैंकले विकट कालीकोट जिल्लाका विभिन्न सरकारी विद्यालयहरुमा बिद्यार्थीहरुलाई कम्प्युटरको पहुँच पुगोस भन्ने उद्देश्यले उक्त कम्प्युटरहरु प्रदान गरिएको बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बताए ।

ग्लोबल आइएमई बैंकले बिशुद्ध बैंकिङ सेवा मात्र नभएर स्थापना काल देखि नै अन्य क्षेत्रहरुमा पनि सहयोग गर्दै आएको शर्माले बताए । ‘बैंकले बिभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी पहिरो, भुँईचालो लगायतका अन्य विपतको समयमा सहयोग गर्दै आएको छ,’ उनले भने, ‘यस्ता अन्य सामाजिक कार्यहरुमा पनि सदैव सहयोग गर्न तयार छौं ।’

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ९१ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १ सय २ एटीएम, ४२ वटा शाखारहित बैंकिङ सेवामार्फत ६ लाख भन्दा बढि ग्राहक सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL