Logo

माछापुच्छ्रे बैंक दुई विधाबाट सम्मानित, क्रेडिट कार्ड र पिओएस मेसिन प्रर्वद्धनमा उत्कृष्ट

माछापुच्छ्रे बैंक दुई विधाबाट सम्मानित, क्रेडिट कार्ड र पिओएस मेसिन प्रर्वद्धनमा उत्कृष्ट



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरिङ सर्भिस २०२३ बाट सम्मानित भएको छ । भिसा इन्टरनेसनलद्वारा काठमाडौंमा आयोजित एक लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई उक्त दुई अर्वाडहरु प्रदान गरिएको हो ।

बैंकलाई भिसा सदस्यमध्ये एसोसिएट सदस्यतर्फ क्रेडिट कार्ड र पिओएस मेसिन प्रवद्र्धनमा उत्कृष्ट भएकाले उक्त अर्वाड प्रदान गरेको थियो । हाल स्मार्ट बैंकको नारासहित डिजिटल बैंकिङ्ग क्षेत्रमा नयाँ आयामहरु थप गर्दै आफ्ना ग्राहकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यमहरु प्रदान गर्दै आईरहेको छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL