Logo

राष्ट्र बैंकले लगायो स्वीडीस क्रोनरको सटहीमा बन्देज, हेर्नुहोस कुन–कुनमा लगाइयो रोक ?

राष्ट्र बैंकले लगायो स्वीडीस क्रोनरको सटहीमा बन्देज, हेर्नुहोस कुन–कुनमा लगाइयो रोक ?


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वीडीस क्रोनरको सटहीमा बन्देज लगाएको छ । स्वीडेनको केन्द्रिय बैंकले नै उक्त नोन चलनचल्ती नगर्न पत्राचार गरेपछि राष्ट्र बैंकले सटीही बन्द गरेको हो ।

जसअनुसार २०, ५० र १ हजार रुपैयाँको नोट सटही बन्द गरिएको राष्ट्र बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । उक्त नोटहरु यही साउन मसान्त पछि सटही बन्द हुने छ ।

यदि कोहीसँग त्यस्ता पैसा छन् भने साउनभित्रै राष्ट्रमा गएर साट्नुपर्ने हुन्छ । उक्त नोट साउनभित्रै राष्ट्र बैंकको काठमाडौं र जिल्ला स्थित कार्यालयबाट साट्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL