Logo

राष्ट्र बैंकको खुकुलो नीति र निक्षेपको घट्दो ब्याजदरले सस्तिदै कर्जा, १३ वाणिज्य बैंकको बेसरेट एकल अंकमा

राष्ट्र बैंकको खुकुलो नीति र निक्षेपको घट्दो ब्याजदरले सस्तिदै कर्जा, १३ वाणिज्य बैंकको बेसरेट एकल अंकमा



काठमाडौं । पछिल्लो केहि महिनायता कर्जाको ब्याजदर सस्तो हुँदै गइरहेको छ । पछिल्लो समय राष्ट्र बैंक अवलम्बन गरेको खुकुलो नीति र मुद्दती निक्षेपको ब्याजदर घट्दा बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर पनि घट्न थालेको हो । निक्षेपको ब्याज घट्दा पुस महिनामा वाणिज्य बैंकको आधारदर औसत ९.८१ प्रतिशत रहेको छ ।

गत भदौदेखि बैंकहरुले ब्याजदरमा गर्दै आएको सहमति खारेज गरेका थिए । त्यसपछि केहि वाणिज्य बैंकले मुद्धती निक्षेपको ब्याजदर बढाएको भएतापनि केहि वाणिज्य बैंकले घटाउँदै ल्याएका थिए । तर, मंसिरमा अधिकांश वाणिज्य बैंकले मुद्धती निक्षेपको ब्याजदर सिंगल अंकमा झारेका छन । यसैगरी, नेपाल राष्ट्र बैंकले गत मंसिर २२ गते मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा नीतिगत दर, बैंकदर र निक्षेपदर घटाउने नीति लियो । यसकारण पुसमा प्रायः सबै वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाए । यसले बैंकको आधारदरमा पनि गिरावट आएको हो । यसैगरी, पछिल्लो केहि समययता बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम उच्च रहेको छ भने ब्याजदर महँगो हुँदा कर्जा लगानी घटेको छ । बैंकमा पैसा थुप्रिदै जादा कर्जा लगानीलाई प्रोत्साहन गर्नका निमित्त पनि बैंकहरुले कर्जाको ब्याजदर घटाएका छन् ।

पुस महिनाको लागि १३ वटा वाणिज्य बैंकको आधार दर एकल अंकमा रहेको छ । यस अवधिमा सबैभन्दा थोरै ब्याजदरमा कर्जा दिने बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । उक्त बैंकले आफ्ना ग्राहकलाई ८.२२ प्रतिशत बेसरेटमा केही प्रतिशत प्रिमियम थप गरेर कर्जा लगानी गर्दै आएको छ । यसैगरी, सबैभन्दा कम बेसरेट भएको दोस्रो बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यस बैंकले आफ्ना ग्राहकलजाई ८.३९ प्रतिशत बेसरेटमा ब्याज दिने गरेको छ ।

एकल अंकमा ब्याजदर भएका बैंकहरु नेपाल बैंक, एभरेष्ट बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छे« बैंक, एनएमबि बैंक र नेपाल एसबिआई बैंक रहेका छन । तर कृषि विकास बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, एनआईसी एसिया बैंक, लक्ष्मी सनराईज बैंक, हिमालयन बैंक, कुमारी बैंकको ब्याजदर १० प्रशितभन्दा माथि रहेको छ ।

कुन वाणिज्य बैंकको बेसरेट कति ? (सूचीमा)

प्रतिक्रिया दिनुहोस्
MBL