Logo

सनराइज र आइवीकेवीच सम्झौता, अव कोरियाबाट बैंकको खातामा पैसा पठाउन सकिने

सनराइज र आइवीकेवीच सम्झौता, अव कोरियाबाट बैंकको खातामा पैसा पठाउन सकिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं ।सनराइज बैंकले रेमिट्यान्स सेवा बिस्तार गर्ने क्रममा कोरियाको इण्डष्ट्रियल बैंक अफ कोरिया(आइवीके) सँग विप्रेषण सम्बन्धी सम्झौता गरेको छ । यसबाट कोरियामा बस्दै आएका नेपालीले आइवीकेको कुनै पनि शाखाबाट नेपालमा सन्राइज बैंकको खातामा सजिलै पैसा पठाउन सक्ने बताइएको छ ।

आइवीकेको कोरियामा ६सय ३७ शाखाको संजाल छ । जसमध्ये आनसान र इतेवान शाखा आप्रबासीहरुलाई रेमिट्यान्स सेवा दिने उद्देश्यले हप्ताको सातै दिन खुल्ला गरिएको छ ।

आइवीकेको कुनै पनि शाखाबाट पैसा पठाउन ग्राहकले एकपल्ट सम्बन्धित शाखामा गई नेपाल स्थित पैसा पाउने व्यक्तिको विवरण दर्ता गरेपछि आफूले चाहेको समयमा स्वचालित विप्रेषण प्रणाली वा मोबाइल बैकिंग र एटिएमबाट नेपालमा पैसा पठाउन सक्नेछन् । यसरी पैसा पठाउने ग्राहकलाई आइवीकेले रेमिट्यान्स पठाउन लाग्ने शुल्कमा ३० प्रतिशत छुट दिने छ बताइएको छ ।

साथै आइवीकेमै खाता रहेको ग्राहकले आफ्नो तलब सोहि खातामा बुझ्नेगरेको छ भने त्यस्ता ग्राहकलाई रेमिट्यान्स पठाउन लाग्ने शुल्कमा शत प्रतिशत छुट दिने छ । यसका अतिरिक्त सन्राइज बैंकको खातामा पैसा जम्मा हुँदा सन्राइज बैकले कुनै रकम नलिने जानकारी गराएको छ । सन्राइज बैंकको ६७ वटै शाखाबाट यो सेवा लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्