Logo

प्रिमियम मूल्यमा एफपीओ निकाल्ने योजनामा हिमालयन बैंक, साधारणसभामा पेस गर्यो प्रस्ताव

प्रिमियम मूल्यमा एफपीओ निकाल्ने योजनामा हिमालयन बैंक, साधारणसभामा पेस गर्यो प्रस्ताव



काठमाडौं । हिमालयन बैंकले प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्ने भएको छ । बैंकले आफ्नो साधारण सभामा एफपीओ निष्काशन न गर्ने प्रस्ताव पेस गरेको छ । । बैंक तथा वित्तीय संस्थाहरुले कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नुपर्ने व्यवस्था छ ।

हिमालयन बैंकद्वारा सर्वसाधारणमा जारी सेयर हिस्सा कम छ । यसकारण बैंकले एफपीओ जारी गरी सर्वसाधारणका लागि जारी हुनुपर्ने न्यूनतम ३० प्रतिशत सेयर हिस्सा पुर्‍याउने भएको हो । सिभिल बैंकलाई गाभ्नुअघि हिमालयनमा जम्मा १५ प्रतिशत मात्रै सर्वसाधारणको सेयर हिस्सा थियो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । बैंकले गत आर्थिक वर्षको नाफाबाट भने लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्