Logo

५० प्रतिशत हकप्रद जारी गर्दै जनता बैंक, विक्री प्रवन्धकमा एनसिएम मर्चेन्ट

५० प्रतिशत हकप्रद जारी गर्दै जनता बैंक, विक्री प्रवन्धकमा एनसिएम मर्चेन्ट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले २ अर्व ६ करोड चुक्ता पूँजीको ५० प्रतिशत अर्थात १ अर्व ३ करोडका लागि कुल एक करोड ३ लाख हकप्रद निष्काशन गर्न लागेको हो ।

आइतवार कम्पनीको छैटौं साधारणसभाले एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेलाई विक्री प्रवन्धकमा नियुक्त गरेको छ । सो सम्वन्धि सम्झौतामा बैंक्का प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल र एनसिएम मर्चेन्ट बैंकिङका विजयलाल श्रेष्ठले हस्ताक्षर गरे । बैंकले संस्थापक समुहमा रहेको ७० प्रतिशत सेयर हिस्सालाई ५१ प्रतिशत कायम गर्ने र सोहि बमोजिम संचालक समितिको संरचना कायम गर्नेलगायतकार्य अगाढी बढाएको छ ।

बैंकले हकप्रद सेयर बोनस सेयर र मर्जर वा एक्विसिजसनको माध्यमबाट नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार चुक्ता पूँजी काय गर्नेछ । गत आर्थिक बर्षमा बैंकले ३२ दशमलव ५३ करोड खुद मुनाफा आर्जन गरेको थियो ।

बैंकले चालु आर्थिक बर्षभित्र मुलुकको विभिन्न भागमा गरी थप आधा दर्जन शाखा स्थापना गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्