Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, चितवनमा दृष्टिविहीन बालबालिकालाई शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, चितवनमा दृष्टिविहीन बालबालिकालाई शैक्षिक सामग्री सहयोग



काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंकले दृष्टिविहीन बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागन सामाजिक उत्तरदायित्व अन्तर्गत झुवानी माध्यामिक विद्यालय, रत्ननगर ०५, झुवानी चितवनमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको हो । विभिन्न किसिमका अपाङ्गता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे मैत्री समाज नेपाल संग को सहकार्यमा सहयोग प्रदान गरिएको हो ।

विद्यालयमा आज आयोजित एक समारोहका बीच बैंकको प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप १ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका बालबालिकाहरुसँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाहरुबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्री प्रदान गर्न पाउदाँ धेरै ठूलो सहयोग नभए पनि सांकेतिक रुपमा समाज प्रतिको उत्तरदायित्वलाई आत्मसाथ गरेको कुरा व्यक्त गरे ।

बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL