Logo

कृषि विकास बैंकको सञ्चालकमा महेश आचार्य नियुक्त

कृषि विकास बैंकको सञ्चालकमा महेश आचार्य नियुक्त



काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा महेश आचार्य नियुक्त भएका छन । नेपाल सरकार मन्त्रीस्तरको निर्णयले उक्त बैंकको सञ्चालक समिति सदस्यमा महेश आचार्य नियुक्त गरेको हो। आचार्य हाल अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमख पदमा कार्यरत छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त सञ्चालक सदस्य आचार्यलाई बैंक सञ्चालक समिति बैठक १०६७ का सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका थिए ।

सो अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरु राजेन्द्रप्रसाद मिश्र, गोविन्द भट्टराई, संजिव पौडेल, विनोदकुमार गुरांगाई, रिता सुवेदी लगायत बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग र बैंकका कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्