Logo

कुमारी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता, आइटी कम्पनीहरूलाई प्रदान गर्ने कर्जा सुरक्षण गरिने

कुमारी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता, आइटी कम्पनीहरूलाई प्रदान गर्ने कर्जा सुरक्षण गरिने



काठमाडौं । कुमारी बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता भएको छ । संचार तथा सूचना प्रविधि क्षेत्रका लागि उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्नका लागि बैंक र कोषबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता अनुसार, निक्षेप तथा कर्जा सुरक्षण कोषले कुमारी बैंक मार्फत आइटी क्षेधका कम्पनीहरुका लागि तयार पारिएको ‘केबीएल स्मार्ट विजनेश लोन फर आइट कम्पनीज’को पोर्टफोलियो सुरक्षण गर्नेछ । यो सम्झौताबाट आइटी कम्पनीहरूमा वित्तीय पहुँच प्रवद्र्धन गर्न कोसेढुङ्गा हुने विश्वास दुवै पक्षको रहेको छ ।

कुमारी बैंक लिमिटेडले सूचना प्रविधि क्षेत्रको विशेष आवश्यकताहरुलाई बुझ्दै उक्त क्षेत्रलाई आवश्यक बैंकिङ्ग सेवा प्रदान गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्