Logo

कुमारी बैंकले पायो ‘एक्सिलेन्स इन कन्जुमर कार्डस क्रेडिट’ अवार्ड

कुमारी बैंकले पायो ‘एक्सिलेन्स इन कन्जुमर कार्डस क्रेडिट’ अवार्ड



काठमाडौं। कुमारी बैंकलाई एक्सिलेन्स इन कन्जुमर कार्डस क्रेडिट अवार्डबाट सम्मान गरिएको छ । भिसा इन्टरनेशनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२३ मा उक्त कम्पनी सम्मानित भएको हो ।

स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच बृद्धिका निमित्त दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कम्पनीको आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटीएम, ६५ शाखा रहित बैंकिङ इकाई तथा ४९ वटा काउन्टर मार्फत वित्तीइ सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL