काठमाडौं । नेपाल बैंकले लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
सोही बैठकले गत आवको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहितका वित्तीय विवरणहरु राष्ट्र बैंकबाट अनुमोदन पछि साधारण सभामा पेश गर्ने छ।
कम्पनीले अघिल्लो आर्थिक वर्षमा १४ प्रतिशत बोनस सेयर र करसहित ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।