Logo

स्ट्याण्डर्ड चाटर्ड बैंकलाई बेस्ट इम्प्लोयर अवार्ड, मानव संसाधन प्रमुख राणाले बुझिन पुरस्कार

स्ट्याण्डर्ड चाटर्ड बैंकलाई बेस्ट इम्प्लोयर अवार्ड, मानव संसाधन प्रमुख राणाले बुझिन पुरस्कार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंक, नेपालले एसिया बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड २०१६ को उपाधि जित्न सफल भएको हो । हालै सिंगापुरमा भएको कार्यक्रममा स्टान्डर्ड चार्टर्ड बैंक नेपालका तर्फबाट मानव संसाधन प्रमुख बीना राणाले उक्त पुरस्कार ग्रहण गरिन् ।

इम्ल्पोयर ब्राण्डिङ इन्स्टीच्यूट र अन्य कुटनीतिक साझेदारद्धारा आयोजित कार्यक्रमलाई एसियन ब्राण्डिङ अफ बिजनेशले प्रायोजन गरेको थियो ।

प्रत्येक देशमा सर्वश्रेष्ठ रोजगारदाता ब्राण्ड सम्बन्धी रिसर्च स्वतन्त्र एसियाली व्यवसायीहरुको एक टोलीले गरेको थियो । सो टोलीमा ७ वर्षको अनुसन्धान अनुभव भएका इतिहास र व्यवस्थापन विषयहरुका पोष्ट ग्राजुएटहरु सामेल थिए ।

यस बर्ष बैंकले ग्लोवल फाइनान्सको सर्वश्रेष्ठ डिजिटल बैंक पुरस्कार २०१६ र उत्कृष्ट वर्ष २०१६ को युरोमनी पुरस्कार जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्