Logo

कुमारी बैंकले ल्यायो नयाँ फेस्टिभ अफर, नागरिक बचत खातामा छुट तथा अफर

कुमारी बैंकले ल्यायो नयाँ फेस्टिभ अफर, नागरिक बचत खातामा छुट तथा अफर



काठमाडौं । कुमारी बैंक लिमिटेडले आउँदै गरेको क्रिस्मस, यःमरी पुह्नी तथा तमु ल्होसारलाई लक्षित गरी नागरिक बचत खातामा छुट तथा अफर सार्वजनिक गरेको छ ।

पुस ८ देखि २० गतेसम्म नयाँ खोलिने खातामा पहिलो एक वर्षसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुविधाहरू निःशुल्क प्रदान गर्नेछ । सो खाताम न्युनतम रकम रु. १००० हुनुपर्ने बैंकले शर्त राखेको छ । बैंकका अनुसार यी सुविधाहरू नागरिक बचत खातामा मात्र लागु गरिनेछ ।

कुमारी बैंकले हालसम्म देशभर ३०९ शाखा–सञ्जाल, ३१४ एटीएम, ६५ शाखारहित बैंकिङ इकाइ तथा ४९ एक्स्टेन्सन काउन्टर मार्फत बैंकिङ सेवा प्रवाह गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL