Logo

चार महिनामा वाणिज्य बैंकले कमाए साढे २० अर्ब बढी नाफा, नबिल पहिलो बन्दा ग्लोबललाई चुनौती

चार महिनामा वाणिज्य बैंकले कमाए साढे २० अर्ब बढी नाफा, नबिल पहिलो बन्दा ग्लोबललाई चुनौती



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिना (कात्तिक)मा वाणिज्य बैंकले साढे २० अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन । यस अवधिमा वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड रुपैयाँ नाफा कमाउन सफल भएका हुन ।

गत असोजसम्म वाणिज्य बैंकहरुले १३ अर्ब ४७ करोड रुपैयाँमात्र नाफा कमाउन सफल भएका थिए । नविल बैंकले वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै नाफा कमाएको छ । बैंकले कार्तिक सम्ममा २ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएको छ । असोजसम्ममा १ अर्ब ४६ करोड नाफा कमाएको बैंकले कार्तिकमा मात्रै ७० करोड नाफा कमाएको हो।

यसैगरी ग्लोबल आइएमइ बैंकले कार्तिकसम्ममा १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत असोजसम्ममा १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएकोमा कार्तिक महिनामा मात्रै ७२ करोड रुपैयाँ नाफा कमाएको हो। यो बैंक नाफाको हिसावले दोस्रो स्थानमा छ ।

चालु आवको ४ महिनामा वाणिज्य बैंकहरुको नाफा (रु १० लाखमा)

प्रतिक्रिया दिनुहोस्
MBL