Logo

कुमारी बैंकले लाभांश वितरण नगर्ने, कहिले गर्दैछ साधारण सभा ?

कुमारी बैंकले लाभांश वितरण नगर्ने, कहिले गर्दैछ साधारण सभा ?



काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

कुमारी बैंकको बिहीबार मंसिर २८ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो । कुमारीले अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा भने १२.७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्