Logo

कुमारी बैंकद्वारा कर्जाको प्रिमियम घटाउने निर्णय, अब अधिकतम ३.५ प्रतिशत कायम

कुमारी बैंकद्वारा कर्जाको प्रिमियम घटाउने निर्णय, अब अधिकतम ३.५ प्रतिशत कायम



काठमाडौं । कुमारी बैंकले आफ्नो ऋणीका लागि कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको छ । बैंकले पुस १६ गतेदेखि लागू हुनेगरी कर्जाको प्रिमियम दरलाई अधिकतम ३.५ प्रतिशत रहने गरी लागू गर्ने बताएको छ ।

यो नयाँ दर फोन लोन र क्रेडिट कार्ड बाहेक यस बैंकबाट प्रवाह भएका अन्य सबै प्रकारका कर्जाहरु उपभोग गर्ने नयाँ तथा पुराना सबै ग्राहकहरूमा लागू हुनेछ ।

कुमारी बैंकले आफ्ना ग्राहकहरुको आर्थिक गतिविधि थप चलायमान होस् भन्ने उद्देश्यका साथ प्रिमियम दर घटाउने निर्णय गरेको बैंकले जानकारी दिएको छ । कुमारी बैंकले आफ्ना ग्राहकहरुका गतिशील आवश्यकताहरु र निरन्तर परिर्वतन हुने वित्तीय परिदृश्यलाई पूरा गर्न समयानुकुल विभिन्न योजनाहरु प्रवर्धन गर्ने गरेको छ ।

बैंकिङ सेवामा उत्कृष्टताको आफ्नो परम्परालाई निरन्तरता दिँदै आफ्ना ग्राहक तथा समुदायको समृद्धिमा योगदान पुर्याउन बैंक सदैब तत्पर रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्