Logo

हालसम्म आधामात्र वाणिज्य बैंकले गरे लाभांश घोषणा : एनएमबीले नदिने, अन्य ८ बैंकले कति दिँदैछन ?

हालसम्म आधामात्र वाणिज्य बैंकले गरे लाभांश घोषणा : एनएमबीले नदिने, अन्य ८ बैंकले कति दिँदैछन ?



काठमाडौं । चालु आर्थिक वर्षको ५ महिना (मंसिर मसान्त) बितिसक्न लाग्दा पनि सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ८ वाणिज्य बैंकले अझै लाभांश घोषणा गर्न सकेका छैनन्। यस अवधि (मंसिर २५ गते)सम्म आउँदा १० वाणिज्य बैंकले भने गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरिसकेका छन ।

यसैगरी, गत आर्थिक वर्षको नाफाबाट एनएमबी बैंकले भने आफ्ना लगानीकर्तालाई लाभांश नबाढ्ने घोषणा गरेको छ । लाभांश घोषणा गरेका केहि बैंकले आफ्नो सेयरधनीको खातामा लाभांश पनि पठाईसकेका छन । लाभांश घोषणा गरेका बैंकहरुमध्ये माछापुच्छ्रे, एभरेस्ट, एनआईसी एशिया, सानिमा बैंकको लाभांश सिटिजन्स, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड र ग्लोबल आइएमई बैंकको बुक क्लोज भइसकेको छ । यसमा केहि बैंकले लाभांश सेयरधनीको खातामा पनि पठाइसकेका छन ।

यसैगरी, नबिल बैंकको पुस १३ गते साधारणसभा हुँदैछ । बैंकको बुक क्लोज मिति मंसिर २९ गते तोकिएको छ । मंसिर २८ गतेसम्म कायम सेयरधनीले बैंकको लाभांश पाउने छन । यसैगरी, नेपाल एसबीआई बैंकले पनि पुस १३ गते नै साधारणसभा गर्ने भएको छ । यस बैंकको पनि पुस २९ गते नै साधारण सभा हुँदैछ । पुस २८ गतेसम्मका सेयरधनीहरु बैंकको साधारण सभामा सहभागी बन्न पाउने छन ।

यसैगरी, लाभांश घोषण गर्न बाँकी रहेका बैंकहरु नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, कुमारी बैंक, लक्ष्मी सनराईज बैंक, प्राइम कमर्सियल बैंक र प्रभु बैंक रहेका छन । यी बैंकले मंसिर २५ गतेसम्म आउँदा पनि लाभांश दिने नदिने भनेर कुनै पनि घोषणा गरेका छैनन् ।

कुन बैंकले कति लाभांश घोषणा गरे ? (सूचीमा)

प्रतिक्रिया दिनुहोस्
MBL