Logo

दुई बैंकले पुसको लागि घटाए निक्षेपको ब्याज, मुद्दती कति पाइन्छ ?

दुई बैंकले पुसको लागि घटाए निक्षेपको ब्याज, मुद्दती कति पाइन्छ ?



काठमाडौं । पुस महिनाको लागि २ बैंकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन । कुमारी बैंक र एनआईसी एसिया बैंकले सुचनाजारी गर्दै पुस महिनाको लागि निक्षेपकाे ब्याजदर घटाउने निर्णय गरेका हुन ।

एनआईसी एसिया बैंकले पुस महिनाको लागि निक्षेपको ब्याजदर घटाएको छ । बैंकले पुस महिनाको लागि व्यक्तिगत मुद्दती खातामा ८ प्रतिशतमात्र ब्याज दिने भएको छ । यसैरगी, बैंकले पुस महिनाको लागि संस्थागत निक्षेपकर्तालाई ६ प्रतिशतमात्र ब्याजदिने जानकारी दिएको छ । मंसिरमा यस बैंकको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ८.९६ प्रतिशत थियो भने, संस्थागततर्फ ६.६९ प्रतिशत रहेको थियो ।

कुमारी बैंकले पनि मंसिर महिनाको तुलनामा पुस महिनाको लागि निक्षेप ब्याज घटाउने भएको छ । यस बैंकले पुस महिनाको लागि ब्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.६१ प्रतिशत तोकेको छ भने संस्थागत निक्षेपतर्फ ७.६१ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । बैंकले मंसिर महिनामा ब्यक्तिगत मुद्दती निक्षेपमा १०.०१ प्रतिशत र संस्थागत निक्षेपमा ८.०१ प्रतिशत ब्याज दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL