Logo

कुमारी बैंकको नाफा ८७ प्रतिशतले बढ्यो, गत आवमा कमायो ७४ करोड

कुमारी बैंकको नाफा ८७ प्रतिशतले बढ्यो, गत आवमा कमायो ७४ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कुमारी बैंकले आर्थिक वर्ष २०७२/७३ मा आफ्नो नाफामा ८७ दशमलव ५० प्रतिशतले सुधार गरेको छ । बैंकले गत आवमा ७४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्दै आफ्नो नाफामा उच्च सुधार गरेको हो । यो नाफा आव २०७१/७२ को तुलनामा ३४ करोड ५० लाख रुपैंयाँले बढी हो । जबकि बैंकले अघिल्लो आवमा ३९ करोड ४७ लाख नाफा आर्जन गरेको थियो ।

बैंकको खराव कर्जा असुली र व्याज आम्दानीसँगै नाफामा सुधार गरेको हो । सो अवधिमा बैंकले खराब कर्जालाई २ दशमलब ४९ प्रतिशतबाट घटाएर कुल कर्जा प्रवाहको १ दशमलब ११ प्रतिशतमा झार्न सफल भएको छ ।

साथै बैंकको प्रति सेयर आम्दानी २७ रुपैंयाँ ४२ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १ सय ५१ रुपैंयाँ ४३ पैसा रहेको छ ।

बैंकले हालसम्म ३७ अर्ब ९५ करोड निक्षेप संकलन गरी ३० अर्ब ११ करोड रुपैंयाँ कर्जा प्रवाह गरेको छ । २ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ३८ लाख रुपैंयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्