Logo

जनता बैंकको नाफा दोब्बरभन्दा बढीले बृद्धि, खरावकर्जा असुलीमा सफलता

जनता बैंकको नाफा दोब्बरभन्दा बढीले बृद्धि, खरावकर्जा असुलीमा सफलता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जनता बैंकले आफ्नो नाफामा उच्च सुधार गरेको छ । बैंकले आर्थिक वर्ष २०७२/७३ मा ३२ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । यो नाफा आव २०७१/७२ को तुलनमा १ सय १६ प्रतिशतले बढी हो । बैंकले आव २०७१/७२ मा १५ करोड ३ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।

बैंकको व्याज आम्दानी र खराव कर्जा असुली बढेसँगै नाफामा सुधार आएको हो । बैंकले गत आवमा ५ करोड ५४ लाख रुपैंयाँ राइट ब्याक गरेको छ । सो अवधिमा बैंकले १ अर्ब ७८ करोड रुपैयाँ ब्याज आम्दानी गरेर छ ।

बैंकको प्रति सेयर आम्दानी १५ रुपैंयाँ ७९ पैसा छ भने प्रति सेयर नेटवर्थ १ सय ३० रुपैंयाँ २४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्