Logo

इन्भेष्टमेन्ट बैंकको नाफा ३२ प्रतिशतले बढ्यो, गत आवमा कमायो २ अर्ब ५९ करोड

इन्भेष्टमेन्ट बैंकको नाफा ३२ प्रतिशतले बढ्यो, गत आवमा कमायो २ अर्ब ५९ करोड


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७२/७२ मा आफ्नो नाफा ३२ प्रतिशतले बढाएको छ । बैैंकले गत आवमा अधिल्लो आवको भन्दा ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले २०७३ असार मसान्तसम्ममा २ अर्ब ५९ करोड नाफा कमाएको छ । जवकि आव २०७१/७२ मा बैंकले १ अर्ब ९६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

हाल बैंकको चुक्ता पूँजी ७ अर्ब २५ करोेड रुपैयाँ रहेको छ । यसैगरी बैंकको जगेडाकोषमा पनि उच्च रकम अर्थात १० अर्ब ६६ करोड रुपैयाँ रहेको छ । बैंकले केही समय अघि एफपीओ जारी गरेसँगै बैंकको जगेडाकोषमा बढी रकम जम्मा भएको हो ।

बैंकले हालसम्म १ खर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरी ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको प्रति सेयर आम्दानी ३५ रुपैंयाँ ८२ पैसा छ भने प्रति सेयर नेटवर्थ २ सय ४६ रुपैंयाँ ३८ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्