Logo

आत्मदाह गर्न बाध्य बनाइएको घटनाबारे इन्भेष्टमेन्ट मेगा बैंकको खण्डन– बरु बैंक बढी पीडित भएको छ

आत्मदाह गर्न बाध्य बनाइएको घटनाबारे इन्भेष्टमेन्ट मेगा बैंकको खण्डन– बरु बैंक बढी पीडित भएको छ



काठमाडौं । आत्मदाह गर्न बाध्य बनाएको भनिएको घटनाबारे इन्भेष्टमेन्ट मेगा बैंकले स्पष्टिकरण दिएको छ । बैंकले दिएको स्पष्टिकरणमा ग्राहकले बैंकका कारण आफुलाई आत्मदाह गर्न बाध्य बनाएको भन्ने कुरा कानुन सम्मत नभएको बताएको छ ।
कर्जा उपभोग गरिरहेका ऋणी राजेश बास्कोटाले बैंकले स्वीकृत गरेअनुसारको कर्जा चार महिना सम्म प्रवाह नगरेको भन्ने कुरा झुटो भएको बैंकले जानकारी दिएको छ । यसैगरी, किस्ता रकम असुल्नको लागि मात्र कर्जा प्रवाह गरेको, राज्यले दिदै आएको अनुदान रकमबाट बन्चित गरिएको, बैंकले ब्यवसायनै बन्द गराएको आदी जस्ता आरोप पनि सत्य नभएको बैंकले जानकारी दिएको छ ।

बैंकले उक्त व्यक्तिले बैंकका कर्मचारीलाई मानसिक यातना दिने, बैंकको कर्मचारीको घरमानै गई अपहरणको शैलीमा उठाएर लग्ने, ज्यान मार्ने तथा घरमा प्रेसर कुकर बम पड्काईदिने जस्ता धम्की दिने, गाली गलौज तथा अपशब्द बोल्दै मानहानी गर्ने, शाखा कार्यालयमा गई नारा जुलुस तथा हुलहुज्जत गरि देशको अत्यावश्यकिय सेवा अन्र्तगत राखेको बैंकिङ सेवा प्रवाहमा अवरोध पुर्याउने काम गरेको बैंकको आरोप छ ।

बैंकका अनुसार बास्कोटा कृषि तथा पशुपानल र भिरपाखा रिर्सोटको नाममा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (तत्कालिन मेगा बैंक नेपाल लिमिटेड) बाट बिभिन्न शीर्षकमा कर्जा सुविधा स्वीकृत भएको थियो । यसमा बास्कोटा कृषि तथा पशुपालनको नाममा स्वीकृत सम्पूर्ण कर्जा सुविधा प्रवाह भईसकेको र भिरपाखा रिसोर्टको नाममा स्वीकृत बिभिन्न शीर्षकको परियोजना कर्जा ऋणीको परियोजना निर्माण कार्यमा भएको प्रगतीको आधारमा प्रवाह हुने शर्त बमोजिम ऋणीलाई आंशिक कर्जा सुविधा प्रवाह भईसकेको बैंकको भनाई छ । बाँकी कर्जा रकम ऋणीको परियोजनाको प्रगति नभएको हुदाँ कर्जा स्वीकृत गर्दाको शर्तहरु मुतावित प्रवाह नभएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL