Logo

नबिल बैंकले मंसिर २९ गतेबाट ऋणपत्र जारी गर्ने, कति पाइन्छ ब्याज ?

नबिल बैंकले मंसिर २९ गतेबाट ऋणपत्र जारी गर्ने, कति पाइन्छ ब्याज ?



काठमाडौं । नबिले बैंकले मंसिर २९ गतेबाट ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ३० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । बैंकको ऋणपत्र प्रतिइकाई एक हजार रुपैयाँका दरले पाईने छ । बैंकले निष्कासन गर्न लागेको ३० लाख इकाइमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने छ ।

बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला हुनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत (६० हजार कित्ता) ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । नबिलले ७ वर्ष अवधिको ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ जारी गर्न लागेको हो । यसमा वार्षिक ९ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।

बैंकको ऋणपत्रमा लगानीकर्ताले न्युनतम २५ इकाईदेखी २५ लाख इकाईसम्म आवेदन दिन सकिने छ । यस ऋणपत्रमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्