Logo

कर्मचारी प्रति लक्षित आक्रमण निन्दनिय छ, दोषिलाई कारवाहीको दायरामा ल्याइयोस : बैंकर्स संघ

कर्मचारी प्रति लक्षित आक्रमण निन्दनिय छ, दोषिलाई कारवाहीको दायरामा ल्याइयोस : बैंकर्स संघ



काठमाडौं । नेपाल बैंकर्स संघले बैंक तथा वित्तीय क्षेत्र प्रति लक्षित गरी दिइएको धम्कीपूर्ण अभिव्यक्तिहरु, अराजक व्यवहार र आक्रमण निन्दनिय रहेको जानकारी दिएको छ । बुधबार सुचना जारी गर्दै संघले बैंकको विर्तामोड, झापा शाखामा कार्यरत एक कर्मचारी माथि भएको धरपकड प्रति घोर आपत्ती जनाएको हो ।

संघले उक्त घट्नामा संलग्न दोषीहरुलाई कारवाहीको माग राखेको छ । आफ्ना ग्राहकलाई सेवा–सुबिधा प्रदान गर्न भूकम्प, कोभिड, लगायत विषम परिस्थिीतीमा समेत अग्रपंक्तिमा खटिएर काम गर्ने कर्मचारीहरु माथि यस प्रकारको दुव्र्यवहार अत्यन्त निन्दनिय भएको संघको बुझाई छ ।

वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भय रहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीहको सुरक्षाको प्रत्याभूती गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन जिम्मेवार निकायहरुसंग संघले माग गरेको छ ।

यसैगरी, बैंकिङ क्षेत्र जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको आक्रमणले समस्त यस क्षेत्र नै चिन्तित र आतंकित बनेको संघको बुझाई छ । यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिई भईरहेका अराजक घट्नालाई समयमैै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसंग संघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL