Logo

नेपाल बैंक र एक्जिम बैंक इन्डियाबीच सम्झौता, आयात निर्यातमा सहजीकरण

नेपाल बैंक र एक्जिम बैंक इन्डियाबीच सम्झौता, आयात निर्यातमा सहजीकरण



काठमाडौं । नेपाल बैंक लिमिटेडले एक्जिम बैंक इन्डियासँग सम्झौता गरेको छ । वित्तीय व्यापार क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ट्रेड एसीस्टेन्स प्रोग्राम (ट्याप)अन्र्गत उक्त सम्झौता भएको हो ।

नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक पनि हो । नेपाल बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनुपालन र दुई देशबीचको चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकका वरिष्ठ व्यवस्थापनसँगको व्यापक छलफलपछि हस्ताक्षर भएको हो ।

दुई संस्थाहरू बीच भएको हस्ताक्षर कार्यक्रममा बैैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत समता पन्तले एक्जिम बैंक ईन्डियासँग व्यापारिक सम्झौता गर्न पाउँदा खुसी भएको बताईन् ।

प्रतिक्रिया दिनुहोस्