Logo

एनएमबि बैंकले बनायो लगानीकर्ताको हात खाली, यसपटक लाभांश नदिने

एनएमबि बैंकले बनायो लगानीकर्ताको हात खाली, यसपटक लाभांश नदिने



काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगरी सञ्चितिमा राख्ने निर्णय गरेको हो ।

साथै, सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा भने ८.२५ नगद लाभांश वितरण गरेको थियो ।

यसैगरी, आर्थिक वर्ष २०७७–७८ मा बैंकले १२.५० प्रतिशत बोनस र कर प्रयोजन सहित ३.३० प्रतिशत नगद लाभांश गरि कुल १५.८० प्रतिशत लाभांश वितरण गरेको थियो

प्रतिक्रिया दिनुहोस्
MBL