Logo

एभरेष्ट बैंक र सक्षमबीच सम्झौता, ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तारमा सहयोग

एभरेष्ट बैंक र सक्षमबीच सम्झौता, ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तारमा सहयोग


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एभरेष्ट बैंक र यूकेएड सक्षमबीच वित्तीय सेवा पहुँच विस्तारका लागि सम्झौता भएको छ । सम्झौतासँगै एभरेष्ट बैंकले बैंकिङ सेवा नपुगेका देशका विभिन्न ग्रामीण क्षेत्रहरुमा शाखारहित बैंकिङ सेवामार्फत सर्वसाधारणलाई बैंकिङ सेवा उपलब्ध गराउने भएको छ ।

आज एक कार्यक्रमबीच एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालीया र यूकेएड सक्षम एक्सेस टू फाइनान्सका टीम लिडर बलजित बोहराले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ, अर्थ मन्त्रालयका उप–सचिव किसानसिँह बस्नेत, डीएफआईडी नेपालका निजी क्षेत्र विकास सल्लाहकार रवि रायमाझी तथा राष्ट्र बैंकका अन्य कर्मचारी र एभरेष्ट बैंकका उच्चपदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।

वित्तीय साक्षरता कार्यक्रममार्फत जनचेतना अभिवृद्धि गर्नुका साथै व्यक्तिगत, कृषि सहकारीहरु तथा साना लघु उद्यमहरुको वित्तीय आवश्यकतालाई पुरा गर्न दुई संस्थाबीचको सम्झौताले ठूलो भूमिका निर्वाह गर्ने एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालीयाले बताए । ‘यो सुविधा देशका सुदुर पश्चिम, मध्य पश्चिम र पश्चिम क्षेत्रका २७ जिल्लाहरु पुग्नेछ,’ उनले भने । साथै बैंकले शाखा रहित बैंकिङको नौलो आयामको रुपमा ट्याब्लेट बैंकिङ शुरु गरेको जानकारी दिँदै यस सेवा परियोजनामार्फत विपन्न वर्ग र कृषि कर्जा बिस्तारमा थप सहयोग पुग्ने उनको भनाइ थियो

कार्यक्रममा राष्ट्र बैंकका डपुटी गभर्नर शिवराज श्रेष्ठले सक्षम र राष्ट्र बैंकबीच कार्यगत सम्बन्ध रहेको बताउँदै कयौं योजनाहरुमा सँगसँगै काम गरिरहेको जानकारी दिए । ‘वित्तीय समावेशीताको लक्ष्यका लागि एभरेष्ट बैंक सहितअन्य बैंक तथा वित्तीय संस्थाहरुसँग सक्षमले कामगरिरहेको सुन्दा मलाई खुशीलागेको छ,’ उनले भने, ‘यो क्षेत्र नेपाल राष्ट्र बैंकको पनि प्राथमिकताको क्षेत्र हो ।’

यसैगरी, यूकेएड सक्षम एक्सेस टू फाइनान्सका टिम लिडर बलजित बोहराले ग्रामीण अर्थतन्त्रलाई माथि उकास्नका लागि सहयोग गर्ने क्षेत्रमा एभरेष्ट बैंकलाई सक्षमको प्राविधिक सहयोग र च्यालेन्ज फण्डिङगले ग्रामिण जनसंख्यासम्म सेवा पुर्याउन सहयोग गर्ने बताए । सरकारले हालै ल्याएको एक नागरिक एक बैंक खाता नीतिका तथा सरकारको सार्वजनिक भुक्तानीलाई बैंकमार्फत नै गर्ने नीतिलाई अगाडि बढाउन सरकारसंगै कार्यगत एकता गर्ने उनको भनाइ थियो ।

संभावित वैकल्पिक भुक्तानी माध्यमको रुपमा सक्षमको शाखारहित बैंकिङको यो अग्रसरतामा सहयोग सधै तयार रहेको डीएफआईडीका सल्लाहकार रवि रायमाझीले बताए ।
एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखा, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८३ एटीएम तथा बृहत बाह्य सन्जालमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, ३ सयभन्दा बढी शाखारहित बैंकिङ केन्द्रहरुबाट ग्राहकलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्