Logo

डिजिटल साक्षरता बढाउन एभरेष्ट बैंकका पाँच भिडियो, सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

डिजिटल साक्षरता बढाउन एभरेष्ट बैंकका पाँच भिडियो, सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले डिजिटल साक्षरता अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरू निर्माण गरेको छ । उक्त भिडियोहरूमा मोबाइल बैंकिङको प्रयोग, धारा–बत्ती तथा स्कूलकोबिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजश्व भुक्तानी तरिका र क्यू आर कोडको प्रयोग सम्बन्धी विधि रहेको र उक्त भिडियोहरूबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरूमा वित्तीय चेतना अभिवृद्दि हुनेविश्वास बैंकलेलिएको छ ।

आम जनमानसमा डिजिटल बैंकिङप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरूको ५ श्रृंखला रहेको र क्रमबद्ध रूपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिए ।

साथै, बैंकले नेशनल बैंकिङ इन्स्टिच्युटसँगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमको सुरुवात भएको जानकारी समेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL