Logo

नबिल बैंकले ३० लाख इकाई ऋणपत्र बिक्री गर्ने, सेबोनले दियो अनुमति

नबिल बैंकले ३० लाख इकाई ऋणपत्र बिक्री गर्ने, सेबोनले दियो अनुमति



काठमाडौं । नबिल बैंकले ३० लाख इकाई ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले ३० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले बिक्री गर्न लागेको ऋणपत्र मध्ये १२ लाख इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ । यसैगरी, १८ लाख इकाई ऋणपत्र बैंकले आफ्नै पहलमा प्राइभेट प्लेसमेन्ट गर्ने जानकारी दिएको छ ।

नबिल बैंकले ७ वर्ष अवधिको ‘नबिल बैंक ऋणपत्र २०८७’ जारी गर्न लागेको हो । यस ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर पाउँने छन । यस ऋण पत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्