Logo

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाता बीमावापत ८ करोड भुक्तानी

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाता बीमावापत ८ करोड भुक्तानी



काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हाल सम्म बैंकका ४,५०० ९चार हजार पाँच सय० ग्राहकहरुलाई ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी प्रदान गरेको छ ।

कुमारी बैंकले विगत ४ वर्षदेखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच (ओपिडी), अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगहरुको उपचार एवं दुर्घटना मृत्यु बीमावापत बैंकले बीमा कम्पनीहरु मार्फत सो रकम आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको छ ।

बैंकको तथ्यांकअनुसार यस योजनाअन्तरगत सहरी तथा ग्रामिण क्षेत्रबाट समेत ग्राहकहरु लाभान्वित भएका छन् । बाग्मती प्रदेशमा सर्वाधिक ३६% दाबी रकम भुक्तान गरिएको छ भने मधेश प्रदेश र गण्डकी प्रदेशमा क्रमशः ११% र १०% तथा बाँकी रकम अन्य प्रदेशमा भुक्तान भएको छ । कुल बीमा भुक्तानी मध्ये बैंकले अस्पताल भर्ना बीमा वापत सर्वाधिक, ५४% रकम भुक्तानी गरेको छ ।

कुमारी परिवार सुरक्षा बचत खातामा खातावाला सहित परिवारका चार जाना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्ने भएकोले यो बचत खाता ग्राहकहरुमाझ अत्याधिक लोकप्रिय रेहेको छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL