Logo

रेमिट्यान्स खाताका निक्षेपकर्तालाई बाणिज्य बैंकले दिन्छन १२ प्रतिशतसम्म ब्याज, कुन बैंकले कति दिन्छन ?

रेमिट्यान्स खाताका निक्षेपकर्तालाई बाणिज्य बैंकले दिन्छन १२ प्रतिशतसम्म ब्याज, कुन बैंकले कति दिन्छन ?



काठमाडौं । रेमिट्यान्स खाता भएका नेपालीले बैंकमा पैसा राख्दा १२ प्रतिशतसम्म ब्याज पाउने गरेका छन । वाणिज्य बैंकले रेमिट्यान्स खातामा सबैभन्दा धेरै १२ प्रतिशतसम्म र सबैभन्दा कम ९.९६८ प्रतिशतसम्म रेमिट्यान्स मुद्धती खातामा ब्याज दिने गरेका छन ।

अधिकांस बैंकले तीन महिना देखि १ वर्षसम्मको रेमिट्यान्स मुद्धति खातामा उक्त ब्याज दिने गरेका हुन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रेमिट्यान्स मार्फत पैसा पठाउनको लागि प्रोत्साहन गर्न भन्दै अन्य बचतमा भन्दा उक्त बचत खातामा थप एक प्रतिशत ब्याज दिने व्यवस्थालाई निरन्तरता दिएको थियो ।

राष्ट्र बैंकले गैर बैंकिङ च्यानल तथा हुन्डीमार्फत आउने पैसालाई निरुत्साहित गर्न भन्दै आर्थिक वर्ष २०७८/७९ मा रेमिट्यान्स खातामार्फत आउने पैसामा थप १ प्रतिशत ब्याजदर दिने व्यवस्था गरेको थियो । केन्द्रिय बैंकले उक्त व्यवस्थालाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको हो ।

प्राइम कमर्सियल बैंकले रेमिट्यान्स खातामा सबैभन्दा धेरै ब्याज दिने गरेको छ । यस बैंकले यस्तो खातामा पैसा राख्दा १२ प्रतिशत ब्याज दिने गरेको छ । बैंकले तीन महिनासम्म रेमिट्यान्स मुद्धती खातामा राख्ने बचत कर्ताको लागि उक्त ब्याज दिने गरेको हो ।

यसैगरी, रेमिट्यान्स मुद्धती खातामा सबैभन्दा धेरै ब्याज दिने दोस्रो बैंक एनएमबि बैंक हो । रेमिट्यान्स खातामा निक्षेप संकलन गर्दा एनएमबि बैंकले ११।७६ प्रतिशत ब्याज दिने गरेको छ । एनएमबिले एक वर्षसम्म रेमिट्यान्स खातामा बचत गर्ने बचत कर्ताको लागि उक्त ब्याज दिएको हो ।

नेपाल एसबिआई बैंकले पनि रेमिट्यान्स मुद्धति खातामा आफ्ना बचत कर्तालाई ११.६०३ प्रतिशत ब्याज दिने गरेको छ । यसैगरी, माछापुच्छ्रे बैंकले पनि ११.६०३ प्रतिशत, हिमालयन बैंकले ११.६०३, कुमारी बैंकले ११.०१ र लक्ष्मी सनराईज बैंकले ११ प्रतिशत ब्याज दिने गरेको छ ।

यसैगरी, सिद्धार्थ बैंकले १०.९९ प्रतिशत, सिटिजन्स बैंकले १०.६० प्रतिशत, ग्लोबल आइएमई बैंकले १०.६० प्रतिशत, कृषि विकास बैंकले १०.५१२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १०.५१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले १०.५० प्रतिशत र नेपाल बैंकले १०.२२४ प्रतिशत ब्याज दिने गरेको छ ।

यता नबिल बैंकले १०.१० प्रतिशत, सानिमा बैंकले १० प्रतिशत, एभरेष्ट बैंकले १० प्रतिशत, प्रभु बैंकले १० प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.९७ प्रतिशत एनआईसी एसिया बैंकले ९.९६८ प्रतिशत ब्याज दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL