Logo

कुमारी बैंकले गर्याे बीमा दावी भुक्तानी, बेलबारीकी रिजालले पाईन ७ लाख

कुमारी बैंकले गर्याे बीमा दावी भुक्तानी, बेलबारीकी रिजालले पाईन ७ लाख



काठमाडौं । कुमारी बैंकले आफ्ना बचतकर्तालाई ७ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । बेलबारी नगरपालिकामा कार्यरत कर्मचारी बिशाल सिटौलाकी पत्नी अनिसा रिजाललाई बैंकले उकत बीमा दावी भुक्तानी गरेको हो । सिटौलाको सडक दुर्घटनामा परी निधन भएको थियो। सिटौलाको कुमारी बैंकमा कुमारी प्रीमीयम तलव बचत खाता सञ्चालनमा रहेको थियो । सिटौलाकी पत्नी अनिसा रिजाललाई ७ लाख रुपैंया बराबरको बीमा दावी रकम बैंकले बेलबारी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरेको हो ।

बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राइ उपप्रमुख नितु थापा कोइराला प्रमुख प्रसाशाकीय अधिकृत तारानाथ लुइँटेल,पालिकाका कर्मचारी तथा बैंकका प्रतिनिधिहरुले हस्तान्तरण गरेको छ। गत बर्ष फागुन ११ गते सडक दुर्घटनामा परी दमक नगरपालिका वडा नम्बर २ का विशाल सिटौलाको मृत्यु भएको थियो । कुमारी बैंकले न्यूनतम शुन्य मौज्दातमा खोलिएको उक्त रकम हस्तान्तरण गरेको छ । उक्त खातामा ७ लाख सम्मको खाताधनीको दुर्घटना बीमा हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्