Logo

नबिल बैंकले गर्यो लाभांश घोषणा, ११ प्रतिशत नगद दिने

नबिल बैंकले गर्यो लाभांश घोषणा, ११ प्रतिशत नगद दिने



काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

बैंकको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित नगद लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिने बैंकले जानकारी गराएको छ ।

आर्थिक वर्ष २०७८–७९ मा भने यस बैंकले १८.५० प्रतिशत बोनस सेयर र ११.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्