Logo

प्रभुले ११४ करोड कमाउदा सिद्धार्थले कमायो १२६ करोड, सनराइजको नाफा दोब्बरले बढ्यो

प्रभुले ११४ करोड कमाउदा सिद्धार्थले कमायो १२६ करोड, सनराइजको नाफा दोब्बरले बढ्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्रभु बैंकले आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब १४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमै आफ्नो नाफा १ अर्ब १ करोड रुपैयाँ नघाएको प्रभुले यसपटक १३ करोड रुपैयाँ बढी आम्दानी गरेको छ । प्रभुले व्याज आम्दानी र खराव कर्जा असुली बढाएसँगै नाफामा बृद्धि गरेको हो ।

sunrisesiddhartha_bank

 

यसैगरी गत आवमा १ अर्ब रुपैयाँभन्दा बढी नाफा आम्दानी गरेर सिद्धार्थ बैंक पनि विलिनियर क्लवमा प्रवेश गरेको छ । अघिल्लो आवमा ७७ करोड रुपैयाँ खुद नाफा आम्दानी गरेको बैंकले गत आवमा १ अर्ब २६ करोड रुपैयाँ कमाउन सफल भएको छ ।

आफ्नो आम्दानीलाई दोब्बरभन्दा बढीले बृद्धि गरेपनि सनराइज बैंक भने विलिनियर क्लवमा प्रवेश गर्न सकेन । बैंकले गत आवमा आफ्नो नाफालाई दोब्बरभन्दा बढीले बृद्धि गर्दै ९५ करोड १७ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो बर्ष बैंकको नाफा ४७ करोड रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL