Logo

तिलगंगा अस्पतालमा प्रभुको एक्स्टेन्सन काउण्टर, उपचारको विल भुक्तानी काउण्टरबाटै

तिलगंगा अस्पतालमा प्रभुको एक्स्टेन्सन काउण्टर, उपचारको विल भुक्तानी काउण्टरबाटै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु बैंकले तिलगंगा आखाँ अस्पतालमा एक्स्टेन्सन काउण्टर स्थापना गरेको छ । बैंकले आज एक कार्यकबीच तिलगंगा आँखा अस्पताल परिसरमा एक्स्टेसन काउण्टर सञ्चालनमा ल्याएको हो ।

उक्त अस्पताल परिसरमा आफ्नो  एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याउन बैंकले आवश्यक तयारी पुरा गरिसकेको छ । उपचारको सिलसिलामा तिलगंगा अस्पतालमा आउने सेवाग्राहीहरुले अस्पताललाई बुझाउनु पर्ने रकम अब बैंकको एक्स्टेन्सन काउण्टरमा बुझाई अस्पतालबाट उपचार सेवालिन सक्नेछन् ।

उक्त काउण्टर अस्पताल सञ्चालन हुने प्रत्येक दिन बिहान ८ बजेदेखिअ बेलुका ५ बजेसम्म खुल्नेछ । निक्षेप संकलन तथा नगद भुक्तानी हुने यस तिलगंगा एक्स्टेन्सन काउण्टर सञ्चालनमा आए पश्चत् उपचारको लागि आउने सेवाग्राहीहरुले छिटो छरितो एवं व्यवस्थित रुपमा शुल्क भुक्तानी गरी उपचार सेवालिन सक्ने बैंकको दावी छ । साथै तिलगंगा आँखा अस्पतालमा कार्यरत डाक्टर तथा सम्पूर्ण कर्मचारीहरुले कार्यस्थलमै बैंकिङ सेवाउ लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL