Logo

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न, लगानीकर्तालाई ४.२१ प्रतिशत नगद लाभांस पारित

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न, लगानीकर्तालाई ४.२१ प्रतिशत नगद लाभांस पारित



काठमाडों । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना लगानीकर्ताका लागि ४.२१ प्रतिशत नगद लाभांस दिने भएको छ । बैंकको मंगलबार बसेको बाइसौं वार्षिक साधारणसभाले बैंकको चुक्ता पूँजीको ४.२१ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १ सय ८५ रुपैँया छ ।

यसको ४.२१ प्रतिशतका दरले हुने ५९ करोड ३१ लाख ८८ हजार १ सय ६६ रुपैयाँ कर प्रयोजनका लागि समेत गरी वितरण गर्ने लागेको हो । बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL