Logo

बंगलादेश बैंक विलिनियर क्लवमा प्रवेश, गत आवमा कमायो १ अर्ब १९ करोड

बंगलादेश बैंक विलिनियर क्लवमा प्रवेश, गत आवमा कमायो १ अर्ब १९ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल बंगलादेश बैंकले गत आवमा १ अर्ब १९ करोड नाफा कमाएको छ । यो नाफा आर्थिक वर्ष २०७०/७१ को तुलनामा ३८ करोड ४३ लाखले बढी हो । बैंकले २०७२ असार मसान्तसम्ममा ८१ करोड ३९ लाख नाफा कमाएको थियो । उक्त नाफा आर्जन सँगै बंगलादेश बैंक पनि विलिनियर क्लवमा प्रवेश गरेको छ ।

बैंकको व्याज आम्दानी र खराव कर्जा उटौतीमा सुधार आएसँगै नाफामा उच्च बृद्धि भएको हो । गत आवमा बैंकले २ अर्ब ९१ करोड रुपैयाँ व्याज आम्दानी गरेको थियो । यसैगरी बैंकको खराव कर्जा पनि शुन्य दशमलव ७१ प्रतिशतमात्र रहेको छ । गत आवमा बैंकले ५ करोड रुपैयाँ राइटव्याक गरेको थियो ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्ब रहेको छ भने उसको जगेडा कोषमा पनि ३ अर्ब रुपैंयाँ नै रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL