Logo

कुमारी बैंकको जुम्ला शाखा सञ्चालनमा, शाखा संख्या ३०९ पुग्यो

कुमारी बैंकको जुम्ला शाखा सञ्चालनमा, शाखा संख्या ३०९ पुग्यो



काठमाडौं । कुमारी बैंकले जुम्लामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा जुम्ला जिल्लास्थित वडा नं.०६ चन्दननाथ नगरपालिकामा जुम्ला शाखा सोमबारदेखि संचालनमा ल्याएको हो । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो ।

बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्याउने योजना बनाएको बताएको छ । यससँग बैंकका शाखा संख्या ३ सय ९ पुगेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्