Logo

अर्घाखाँची र बाग्लुङमा ग्लोवलको शाखा रहित बैंकिङ् सेवा, शाखा संख्या ४२ पुग्यो

अर्घाखाँची र बाग्लुङमा ग्लोवलको शाखा रहित बैंकिङ् सेवा, शाखा संख्या ४२ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले थप २ वटा शाखा रहित बैंकिङ् सेवा संचालनमा ल्याएको छ । बैंकिङ पहुच नपुगेका ग्रामीण क्षेत्रका बासिन्दालाई आधारभूत बैंकिङ् सेवा पुर्याउने उद्देश्य अनुरुप बाग्लुङ जिल्लाको भिमगिठेमा र अर्घाखाँची जिल्लाको ठुलापोखरामा शाखारहित बैकिङ् सेवाको संचालन गरेको छ ।

बैंकले व्यवसायीक प्रतिनिधिहरुलाई प्रमाणपत्र र पीओएस मेशिन हस्तान्तरण गरि उक्त शाखारहित बैंकिङ् सेवाहरुको सुरुवात गरेको हो । बैंकले बाग्लुङ जिल्लाको भिमगिठेमा सुरुवात गरिएको सेवाको संचालनका लागि स्थानिय व्यवसायी हरिचन्द्र खत्रि तथा अर्घाखाँची जिल्लाको ठुलापोखराको लागि स्थानिय धनिश्वर पाण्डेलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । बाग्लुङ्ग जिल्लाको भिमगिठेमा र अर्घाखाँची जिल्लाको ठुलापोखरामा सुरु गरिएका सेवा संगै बैंकका शाखारहित बैंकिङ सेवा ४२ वटा पुगेका छन् ।

सबै क्षेत्र र बर्गका जनता माझ सेवा पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले शाखा सञ्चालन गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ् सेवा मार्फत सेवा पुर्याउदै आएको छ । ग्लोबल आइएमई बैंकले ९१ वटा शाखा, १०० वटा एटिएम, ४२ शाखारहित बैंकिङ सेवा, १० राजश्व संकलन काउण्टर, ६ वटा एक्सटेन्सन काउण्टर मार्˚त ६ लाख भन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ् सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL