Logo

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावितहरुका लागि खाद्यान्न राहत सहयोग

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावितहरुका लागि खाद्यान्न राहत सहयोग



काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले जाजरकोट र रुकुममा भूकम्पका कारण भएको जनधनको क्षतिमा दुस्ख व्यक्त गर्दै भुकम्प प्रभावितहरुका लागि राहत स्वरुप खाद्यान्न सामग्रीे सहयोग प्रदान गरेको छ ।

बैंकले जिल्ला विपद् व्यवस्थापन समिति रुकुमद्वारा सञ्चालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई ४५० भन्दा बढी घर परिवारलाई लक्षित गरी चामल, दाल, नुन, तेल र मसला जस्ता खाद्यान्न सामग्रीेहरुको राहत प्याकेज बनाई हस्तान्तरण गरेकोे हो ।

बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितहरुको उद्दार र पुनस्र्थापनाको कार्यहरूमा सामाजिक उत्तरदायित्व अन्तर्गत देशको एक जिम्मेवार वित्तिय संस्थाको रुपमा सहभागिता जनाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL