Logo

तिहारको अवसरमा “लक्ष्मी सनराइज उत्सव” सार्वजनिक, उत्कृष्ट भिडियो बनाएर ५० हजार पुरस्कार जित्न सकिने

तिहारको अवसरमा “लक्ष्मी सनराइज उत्सव” सार्वजनिक, उत्कृष्ट भिडियो बनाएर ५० हजार पुरस्कार जित्न सकिने



काठमाडौँ । नेपालीहरुको महान चाड तिहार एवं छठलाई लक्षित गरेर लक्ष्मी सनराइज बैंकले सामाजिक सन्देशमुलक अभियान “लक्ष्मी सनराइज उत्सव” सार्वजनिक गरेको छ ।

नेपाली समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाइ अझ व्यापक बनाउन लक्ष्मी सनराइज बैंकले यो क्याम्पेन सार्वजनिक गरेको जनाएको छ ।

अझै पनि कतिपय परिवारमा छोरा र छोरीबीच विभेद राख्ने सोचमा परिवर्तन ल्याउन यस अभियानमार्फत टेवा पुरयाउने बैंकको लक्ष्य रहेको छ । यस अभियान अन्तर्गत बैंकले छोरीलाई घरकी लक्ष्मी मानेर सम्मान गर्न प्रोत्साहन गर्दै आम नागरिकहरुले कसरी आफ्नो परिवारमा महिला सदस्यलाई लक्ष्मीको रुपमा अपनाएका छन् भन्ने कुरा भिडियो मार्फत उजागर गर्न आग्रह गरेको छ ।

यसरी भिडियो बनाएर सामाजिक संजालमा राख्ने सहभागीहरुमध्ये उत्कृष्ट तिन (३) भिडियोलाई क्रमशः रु ५०,०००, ३०,००० र १५,००० नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ । सहभागीहरुले भिडियो पोस्ट गर्दा बैंकलाई ट्याग गरी ह्यास्ट्याग #laxmisunriseutsab पनि प्रयोग गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL