Logo

एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य चयन, यस्तो छ बैंकिङ अनुभव

एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य चयन, यस्तो छ बैंकिङ अनुभव



काठमाडौं । एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य चयन भएका छन् । बिहीबार बसेको बैंक संचालक समितिको बैठकले उनलाई निर्विरोध चयन गरेकाे हो । यसअघि बैंक संचालक रहेका उनलाई अर्थतन्त्रका ज्ञाता पनि मानिन्छ । वैद्य एभरेष्ट बैंकमा २ दशकदेखी संचालक रहँदै आएका छन् ।

बैंकको अध्यक्षमा चयन भएसँगै उनले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष सपथ ग्रहणसमेत गरेका छन् ।

यसअघि बैंकका अध्यक्ष बिके श्रेष्ठको निधन भएपछि उक्त पद रिक्त थियो । सोही रिक्त पदका लागि उनलाई चयन गरिएको हो । राष्ट्रिय योजना आयोगका पूर्व सदस्यसमेत रहेका वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् । साथै, उनी बोर्ड अफ ट्रष्टी र गरिबी निवारण कोषको सदस्य समेत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL