काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल ओलम्पिक कमिटीलाई प्रायोजन गरेको छ । सन् २०१६ अगस्ट ५ देखि २१ सम्म ब्राजिलको राजधानी रियो दि जेनेरियोमा सञ्चालन हुने ओलम्पिक २०१६ मा सहभागिता जनाउने खेलाडीहरुको लागि बैंकले जर्सि, ट्रयाक्सुट लगायतका अन्य सामाग्री प्रायोजन गरेको छ ।
प्रायोजन सम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटा तथा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले ओलम्पिकमा सहभागिता जनाउने राष्ट्रिय टिमका खेलाडी, प्रशिक्षक, टिम म्यानेजरलाई जर्सि, टिर्सट, क्याप, ट्रयाक्सुट तथा स्र्पोर्ट किट प्रायोजन गर्नेछ ।
ग्लोबल आइएमई बैंकले खेलकुदको माध्यमबाट नेपाललाई अन्तराष्ट्रिय स्तरमा परिचित गराउने खेलाडीलाई प्रोत्साहन स्वरुप जर्सि तथा स्र्पोर्ट किट प्रायोजन गरेको हो । सिङ्गो खेल जगतको विकासमा योगदान पुगोस भन्ने उद्देश्यले बैंकले यसअघि पनि बिभिन्न समयमा सहयोग गर्दै आएको छ ।