Logo

वाणिज्य बैंकको कर्जा ६ महिनामा ०.४८ प्रतिशत सस्तियो, तीनवटा बैंकको बढ्दा १७ बैंकको घट्यो

वाणिज्य बैंकको कर्जा ६ महिनामा ०.४८ प्रतिशत सस्तियो, तीनवटा बैंकको बढ्दा १७ बैंकको घट्यो



काठमाडौं । वाणिज्य बैंकको कर्जाको ब्याजदर ६ महिनामा ०.४८ प्रतिशत सस्तो भएको छ । गत चैत मसान्तसम्म औसत १०.४८ प्रतिशत रहेको वाणिज्य बैंकको बेसरेट असोज मसान्तसम्म आउँदा ०.४८ प्रतिशत घटेर १० प्रतिशत कायम भएको वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय तथ्यांकले देखाउँछ ।

६ महिनाको अवधीमा ३ वटा वाणिज्य बैंक आफ्नो आधार दर (बेस रेट) बढाएका छन भने, बाँकी १७ वाणिज्य बैंकले आफ्नो कर्जाको बेसरेट घटाएका हुन । पछिल्लो समय बैंकिङ क्षेत्रमा कर्जाका ब्याजदर उच्च भएको आर्थिक क्षेत्रमा सिथिलता देखिएको आरोप बैंकहरुलाई ब्यावसायि लगाउँदै आएका छन । यता सरकार (प्रधानमन्त्री र अर्थमन्त्री) ले पनि बैंकले कर्जा तथा निक्षेपको ब्याजदर एकल अंकमा ल्याउनको लागि बैंक तथा वित्तीय संस्थालाई दवाव दिइरहेका छन ।

कर्जाको ब्याजदर महँगो भएको कारण व्यवसायीले ऋण लि नसक्दा बैंकिङ क्षेत्रमा कर्जा प्रवाहमा समस्या देखिएको सम्बन्धित जानकारहरुले बताउँदै आएका छन । यता बैंकरहरु भने कर्जाको ब्याजदर बिस्तारै घट्दै जाने दाबी गर्छन । आइतबार बैंकर संघका अध्यक्ष सुनिल केसिले अहिले बैंकिङ क्षेत्रमा तरलताको अवस्था पनि सहज भएको र कर्जा लगानी पनि गत महिनाको तुलनामा केही बढदै गएको जानकारी दिए ।

यसरी बैंकिङ क्षेत्रमा तरलता सहज हुँदा कर्जाको ब्याजदर आगामी दिनमा विस्तारै घट्दै जाने उनको बुझाई थियो । विभिन्न घटनाक्रमको कारण बढेको ब्याजदर सामान्य अवस्था आउँदा आफै घट्दै जाने बैंकरहरुको बुझाई छ । यसैगरी, चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले पोलिसी रेट १ प्रतिशतले घटाएको कारण कर्जाको ब्याजदर विस्तारै घट्दै जाने राष्ट्र बैंकको दाबी छ ।

ब्याजदर बढ्नुको मूख्य कारण विश्व अर्थतन्त्रमा देखिएको आर्थिक समस्या भएको र अर्थतन्त्रमा सुधार देखिन थालेपछि ब्याजदर पनि आफ्नो लयमा आउने बैंकरको बुझाई छ । अहिले अन्तराष्ट्रिय बजारमा पनि ब्याजदर बढ्दो छ । अन्तराष्ट्रि बजारमा मूल्य बृद्धि पनि बढ्दो अवस्थामा रहेको कारण ब्याजदर घट्न सकेको छैन । तर, नेपालमा यस्तो समस्या हुँदाहुँदै पनि ६ महिनाको अवधिमा ब्याजदर केहि सस्तो भएको एक बैंकर बताउँछन । ६ महिनाको अवधिमा कृषि विकास बैंक, एनआइसि एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकको बेसरेट क्रमसः ०.११ प्रतिशत, ०.८ प्रतिशत र ०.२३ प्रतिशत बढेको छ ।

असोज मसान्तसम्म आउँदा ९ वटा बैंकको बेसरेट एकल अंकमा झरिसकेको छ । यस अवधिसम्म आउँदा स्ट्यान्र्ड चार्टर्ड बैंकको ब्याजदर सबैभन्दा सस्तो रहेको छ । यस बैंकको ब्याजदर यस अवधिसम्म आउँदा ८.४२ प्रतिशत रहेको छ । यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको बेसरेट ८.७० प्रतिशत र नेपाल बैंकको बेसरेट ९.१९ प्रतिशत रहेको छ ।

यसैगरी, सिद्धार्थ बैंकको बेसरेट ९.५३ प्रतिशत, नबिल बैंकको बेसरेट ९.५८ प्रतिशत, एभरेष्ट बैंकको ब्याजदर ९.७० प्रतिशत, सानिमा बैंकको बेसरेट ९.७५ प्रतिशत, एनएमबि बैंकको बेसरेट ९.८५ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको बेसरेट ९.९९ प्रतिशत रहेको छ ।

यस अवधिमा सबैभन्दा धेरै बेसरेट प्रभु बैंकको घटेको छ । यस बैंकको बेसरेट यस अवधिमा ०.९३ प्रतिशतले घटेको १०.४५ प्रतिशत कायम भएको छ । चैत मसान्तसम्म बैंकको बेसरेट ११.०७ प्रतिशत रहेको थियो । यसैगरी, ६ महिनाको अवधिमा सबैभन्दा धेरै बेसरेट घट्ने दोस्रो बैंक सिद्धार्थ बैंक रहेको छ । यस बैंकको बेसरेट ०.९२ प्रतिशतले घटेर ९.५३ प्रतिशतमा झरेको छ । ६ महिना अगाडि बैंकको बेसरेट १०.४५ प्रतिशत रहेको थियो ।

६ महिनाको अवधीमा सानिमा बैंकको बेसरेट पनि ०.८८ प्रतिशतले घटेको छ । गत चैत मसान्तसम्म १०.६३ प्रतिशत रहेको सानिमाको बेसरेट असोज मसान्तसम्म आउँदा ९.७० प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंकहरुले यसरी निर्धारण गरको बेसरेटमा केही प्रतिशत प्रिमियम जोडेर कर्जा प्रवाह गर्ने गर्दछन् ।

बैंकको बेसरेट सूचीमा

प्रतिक्रिया दिनुहोस्
MBL