Logo

ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई दराज ११ः११ मा २० प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई दराज ११ः११ मा २० प्रतिशत छुट



काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ ।

नोभेम्बर ११ देखि नोभेम्बर २२ सम्म रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ देखि २० प्रतिशतसम्म छुट पाइनेछन् ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा रु.२,००० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले २० प्रतिशत वा रु.२,५०० सम्म छुट पाउनेछन् । बैंकका कार्ड बाहक ग्राहकहरूले छुट पाउनका लागि दराज एपबाट ग्लोबल आइएमई बैंकको कार्डको छुट भौचर सङ्कलन गर्नुपर्नेछ । यी भाउचरहरू चेकआउट प्रक्रियाको क्रममा स्वचालित रूपमा लागू हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL