Logo

निफ्राले घोषणा गर्यो लाभांश, नगदमात्र दिने

निफ्राले घोषणा गर्यो लाभांश, नगदमात्र दिने



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट नगद लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई नगद लाभांशमात्र दिने घोषणा गरेको हो । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक, अर्थमन्त्रालय र निफ्राको वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । यस बैंकले अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा पनि ४.२१ प्रतिशतमात्र नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्