Logo

खराब कर्जा बढ्दा बैंकिङ क्षेत्र सजग हुनुपर्ने अवस्था छ, आत्तिनु पर्दैन : बैंकर संघ

खराब कर्जा बढ्दा बैंकिङ क्षेत्र सजग हुनुपर्ने अवस्था छ, आत्तिनु पर्दैन : बैंकर संघ



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकको खराब कर्जा बढेका कारण बैकिङ क्षेत्र सजक हुनुपर्ने अवस्था आएको बताएका छन् । सोमबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बैंकको खराब कर्जा बढेका कारण यसमा सजकता अपनाउनु पर्ने भएपनि आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको बताएका हुन ।

गत वर्ष बैंकहरुको औषत खराब कर्जा २.९८ प्रतिशत रहेकोमा बढेर असोज मसान्तसम्म ३.६१ प्रतिशत पुगेको उनले बताए । उनले बैंकहरुको रिकभरी नहुँदा खराब कर्जा बढेकोसमे बताएका छन् । गत वर्ष ७ अर्ब मात्रै प्रोभिजन गरेको बैंकहरुले यस वर्ष १६ अर्ब गर्नुपर्ने अवस्था आएको उनले बताए । अहिले बैंकहरुले कर्जा विस्तार गर्न नसकेको र विश्वव्यापी रुपमा बढेको उच्च ब्याजदर, व्यवसाय पनि खस्किएको बैंकको नाफामा प्रभाव परेको उनको बुझाई छ ।

उनले आगामी दिनमा बैंकको ब्याजदर पनि घटदै जाने बताएका छन् । केसि भन्छन ‘विदेशमा ब्याजदर घटेको अवस्था छैन तर, नेपालमा ब्याजदर घट्छ, हाल औषत ब्याजदर १०.०९ प्रतिशत छ।’ उनले भने ।

यसैगरी, हिमालयन बैंकका सीईओ अशोक राणाले पनि बैंकको ब्याजदर घट्दै जाने बताएका छन । राष्ट्र बैंकको नीतिले ब्याजदरमा प्रभाव पारेको उनको भनाइ छ । ‘अब ब्याजदर घट्ने देखिन्छ, राष्ट्र बैंकको नीतिले ब्याजदरमा प्रभाव परिरहेको छ, तल जान सक्छ माथि जाने सम्भावना छैन,’ उनले भने । उनका अनुसार बैंकहरुले रिकभरीमा बढी प्राथमिकता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्